Online Radio Box çərəzlərdən istifadə edir istifadəçilərimizə ən yaxşı xidməti təqdim etmək üçün. Seçilmiş radio stansiyaları və musiqi janrları, istifadəçinin Seçilmişləri, stansiya rəyləri və bir çox digər xidmətlər şəxsi məlumatlarınızın işlənməsini tələb edir.
Vebsaytımızdan ən yaxşı şəkildə istifadə edə bilmək üçün "Razıyam" düyməsinə klikləyin. Alternativ olaraq, "Ayarlar" bölməsində hansı kukilərə və texnologiyalara icazə vermək istədiyinizi seçə bilərsiniz.
Smartfonunuza pulsuz Online Radio Box tətbiqini yükləyin və sevdiyiniz radio stansiyalarını onlayn dinləyin – harada olursunuzsa olun!
मेची भद्रपुर प्रकाशन प्रशारण प्रा. लि. द्वारा सञ्चालित रेडियो भिजन ९१.६ मेगाहर्ज वि.सं. २०६९ माघ १० गतेबाट विधिवत रुपमा नियमित प्रशारणमा आएको हो । रेडियो भिजन प्रारम्भदेखि नै दैनिक बिहान ५ बजेदेखि राति ११ बजेसम्म १८ घण्टा प्रसारण हुँदै आएको छ ।
झापाका युवा उद्यमी तथा स्थापित सञ्चारकर्मीहरुको सक्रियतामा स्थापना भएको रेडियो भिजन ९१.६ मेगाहर्जको प्रशारण पहुँच क्षेत्र मुख्य गरी मेची अञ्चलका सम्पूर्ण जिल्ला भए पनि यसको अलावा कोशीका सबै पहाडी जिल्ला र सुनसरी र मोरङको केही क्षेत्र तथा पूर्व र दक्षिणमा छिमेकी राष्ट्र भारतको केही जिल्लाहरुमा समेत प्रसारण पहुँच रहेको विभिन्न स्रोत, सर्वेक्षणहरुले देखाएको छ । विभिन्न सर्वेक्षणहरुको आधारमा रेडियो भिजन ९१.६ मेगाहर्जको स्रोता करिब १० लाख रहेको अनुमान गर्न सकिन्छ । स्थापनाको छोटो अवधिमा नै सूचना, शिक्षा, मनोरञ्जन र उद्यमको क्षेत्रमा स्रोतामाझ आफुलाई स्थापित गराउन सफल रेडियो भिजन ९१.६ मेगाहर्ज आफ्नो प्रसारण उपकरण तथा स्टुडियो समेत बदलिंदो परिस्थिति अनुरुपको अत्याधुनिक प्रबिधि प्रयोग गरी स्थापना भएको कारण हामी गुणस्तरीय सेवा दिन सक्छौं भन्नेमा विश्वस्त छौं । साथै, सम्पूर्ण स्रोता, विज्ञापनदाता तथा शुभचिन्तकहरुमा विश्वास दिलाउन चाहन्छौं ।
Daha çox göstər
पूर्वकै मूख्य व्यापारिक शहर विर्तामोडको रेडियो भिजन ९१.६ मेगाहर्जले आम स्रोतासँगै एकाकार भएर अगाडि बढ्न पारिवारिक सदस्यता अभियान सञ्चालन गरेको छ । त्यो कार्यक्रम अन्तर्गत हाल झापाका एक हजार पाँच सय परिवार वार्षिक एक हजार रुपैयाँ बुझाएर पारिवारिक सदस्य बनेका छन् । उनीहरुले दिएका मलामी जाने बारे र कार्यक्रमका सूचना रेडियो भिजनमा निशुल्क प्रशारण हुने गरेको छ । विहान ६ वजेदेखि बेलुका ११ बजेसम्म हरेक घण्टा समाचार र समाचारमूलक कार्यक्रम अखबारका पाना, त्यस्तै खोजमूलक र समाजलाई सकारात्मक परिवर्तनमा सकारात्मक टेवा पु¥याउने कार्यक्रम बैदेशिक रोजगार,परिवर्तन, शान्तिको सन्देश, झापाको सेरोफेरो, जीवन यात्रा, निर्माण र प्रविधि, बालबालिका विद्यालय र शिक्षा क्षेत्रलाई लक्षित गरी स्कूलस्कूलमा, साहित्य क्षेत्रलाई लक्षित गरी साहित्य संवेग, मुक्तक माला र प्रेम पत्र जस्ता कार्यक्रम प्रशारण गरी स्रोता तथा शुभचिन्तकहरु माझ स्थापनाको छोटो अवधिमै लोकप्रिय रेडियोका रुपमा स्थापित हुन सफल भएका छौं । रेडियो भिजनलाई गाऊँ, शहर, समाज अनि राष्ट्रका हरेक गतिविधिमा सरिक गराउँदै स्थानीय विषयलाई राष्ट्रिय विषय बनाउने हाम्रो लक्ष्य छ । समाज रुपान्तरणका अनि आवाजविहीनको आवाज बनी सबै तहका समुदायको सहयात्री बनेर अघि बढ्ने हाम्रो अर्को उद्देश्य हो । यो उद्देश्य प्राप्तिमा हामी सबैसँग सहकार्य गर्न सदा इच्छुक तथा हरदम तत्पर छौं । यस सत्मार्गमा लाग्न हामीलाई सबैबाट प्रेरणा, हौसला प्राप्त भई अगाडि बढ्न ऊर्जा मिल्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।