Online Radio Box përdor cookies për të ofruar shërbimin më të mirë për përdoruesit tanë. Stacionet dhe zhanret muzikore të preferuara, Të preferuarat e përdoruesit, vlerësimet e stacioneve dhe shumë shërbime të tjera kërkojnë përpunimin e të dhënave tuaja personale.
Klikoni "Pranoj" për të siguruar që do të keni përvojën më të mirë gjatë përdorimit të faqes sonë. Përndryshe, mund të zgjidhni cilat cookie ose teknologji dëshironi të lejoni te "Cilësimet".
Instaloni aplikacionin falas Online Radio Box në telefonin tuaj dhe dëgjoni stacionet tuaja të preferuara online – kudo që të jeni!
लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, लमजुङ जिल्लामा क्रियाशील संचारकर्मी, सामुदायिक तथा आर्थिक विकास अभियन्ताहरुको साझा संस्था हो । यस संस्थाले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र नागरिक अधिकार रक्षाको लागि सूचना र संचारको माध्यमवाट नागरिकलाई सशक्तिकरण गर्ने कार्यमा सहयोग गर्दछ ।
Trego më shumë
हामी संचारकर्मी वा विकास अभियन्ता वनेर जिल्लाको दुर्गम भेगहरुमा पुगिरहँदा लमजुङका वासिन्दाले प्रश्न गर्दथे, हाम्रो आवाज सुनाउने हाम्रो रेडियो र हामीले पढ्न पाउने पत्रिका खोइ ? यो प्रश्नले हामीलाई विक्षिप्त बनायो । ग्रामीण भेगका आवाजहरु र गाउँमा भएगरेका विकास निर्माणका कार्यहरु हाम्रो आफ्नै आँखाले देख्न पायौँ । ग्रामीण भेगका आवाज विहीन आवाजहरुलाई आफ्नै आवाजमा आफ्नै घरदैलोमा गुञ्जाउने प्रयासमा जुट्यौँ हामी । फलतः सवैको साझा र समावेसी सामुदायिक रेडियो ‘चौतारी’ बनाउने अभियानमा लाग्यौँ । झण्डै एक बर्षको कसरतपछि अन्ततः यसको कानुनी र आर्थिक प्रयास सफल भयो र लमजुङमै पहिलोपटक ५ सय वाट क्षमताको रेडियो चौतारी ९१.४ मेगाहर्ज स्थापना भयो ।
२०६९ जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आफ्नो तरंगलाई श्रोतामाझ पु¥याउन सफल रेडियो चौतारी ९१.४ मेगाहर्ज, अहिले विदेशमा समेत सुन्न सकिन्छ । विदेशमा वसेर लमजुङ र आफ्नो गाउँघरको बारे जानकारी लिन चाहने हजारौँ लाखौँ श्रोता एवं पाठक महानुभावहरुलाई हामीले www.radiochautari.org मा रेडियो चौतारी ९१.४ मेगाहर्ज सुन्न र पढ्न सकिने बनाएका छौँ ।
लमजुङ हिमाल सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेड सूचना र संचारको पहुँच बिस्तारमा सहयोग र सहजीकरण गर्ने उद्धेश्यले स्थापना भएको संस्था हो । यस संस्थाले विद्युतीय र छापा प्रविधि मार्फत जनअपेक्षित सूचना एवं जानकारीहरुको प्रचार प्रसार गर्ने कार्यलाई सहयोग गर्दछ । यसै सन्र्दभमा संस्थाको पहिलो प्रयास रेडियो चौतारी ९१.४ मेगाहर्ज अहिले गुञ्जिरहेको छ भने दोश्रो प्रयास यसको वेभपेज www.radiochautari.org तपाईँ हेरिरहनुभएको छ । अवको प्रयास हामी तपाइँमाझ दैनिक पत्रिका प्रकाशन गर्ने सोँचमा जुटेका छौँ, यसलाई तपाइँको सुझाव, सल्लाह र सहयोगको खाँचो छ ।
रेडियो चौतारी ९१.४ मेगाहर्जलाई लमजुङ सदरमुकाम वेसीशहरस्थित नारायणस्थान चोकमा कार्यालय राखेर लमजुङ जिल्ला तार्कु गाविसस्थित १ हजार ५ सय २ मीटर उचाईमा रहेको थामडाँडामा टावर राखी प्रशारण गरिरहेका छौँ । यसको आवाज लमजुङ जिल्लाको कुनाकुनादेखि सञ्चार सेवा पुग्न नसकेको हिमालपारीको जिल्ला मनाङ साथै तनहुँ, गोरखा, कास्की लगायत वरपर जिल्लाका विकट भागहरु र धादिङ, स्याङ्जा, चितवन, गुल्मी, पाल्पा, बाग्लुङ, म्याग्दी, पर्वत, मकवानपुर, नवलपरासी लगायत जिल्लाका ग्रामीण क्षेत्रमा समेत सुनिएको छ ।
त्यसैले रेडियो चौतारी लमजुङ जिल्लाको मात्रै नभई लमजुङसंग नजिकको सम्बन्ध राख्ने अन्य जिल्लाको समेत सूचना सञ्चारको विकास आयममा एउटा कोशेढुङ्गा वन्ने अपेक्षा गरिएको छ । यस अभियानमा लाग्ने लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्थाका २ सय जना शेयर सदस्यहरु, यसको संचालक समिति, यस कार्यलाई हौसला दिनुहुने संचारकर्मी, राजनीतिक दल, उद्योगी–व्यापारी, सामाजिक व्यक्तित्व, सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख, आमा समूह, बाबा समूह, युवायुवती समूह, बाल समूह तथा सवैप्रति हार्दिक कृतज्ञता अर्पण गर्दछौँ ।